

गणित र विज्ञान अनिवार्य विषयमा नरहने
कक्षा ११ र १२ मा विद्यार्थीको बोझ घटाउन विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुपमार्फत गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाउने गृहकार्य भएको छ । नयाँ व्यवस्थाअनुसार कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य रहने छ । गणित र विज्ञान विषयलाई अनिवार्यबाट हटाई ऐच्छिक मात्र बनाउने नहुने तर्कसमेत आइरहेका बेला सरकारले भने यसबाट शैक्षिक क्षति कम हुने अपेक्षा गरेको छ । विद्यालय तहमा अधिकांश विद्यार्थी गणित र विज्ञानमा असफल हुँदै आएका