EA Poem Vol. 2 (Nepali & English - 2016/17)
आइन्स्टाइन एकेडेमी
Adesh K. Chaudhary
Sc XI A (2016)
आइन्स्टाइन एकेडेमी एउटा घर हो यस्तो ज्ञान, विज्ञान, प्रविधि थर हो यसको ।।
जहाँ हुन्छन् ज्ञान विज्ञानका कुराहरु जुन विज्ञान तथा प्रविधिले छुनछन् ताराहरु ।।
छन् यहाँ राम्रोराम्रो धेरै नितिनियमहरु जसले गर्दा अनुशासित हुन्छन् विद्यार्थीहरु ।।
यहाँ अध्ययन गर्न आउँछन् विद्यार्थी थरीथरी सरले आग्रह गर्नुहुन्छ अध्ययन गर घरिघरि ।।
शिक्षकहरुले सम्पूर्ण विद्यार्थीहरुलाई मान्छन् समान विद्यार्थीहरुले शिक्षकलाई मान्दछन् भगवान् ।।
आमाको ममता
Anita Maharjan
BBS 3rd Year (2016)
आमाको माया संसारमा छ अमूल्य उहाँबिनाको हाम्रो यो जीवन हुन्छ शून्य नौ महिना कोखमा राखी जन्म दिने आमा संसारमा सबैभन्दा ठूलो हुन्छ आमाको माया ।
हम्रो लागि रातौं दिन खटिने हाम्री आमा हामीसँगै सधैं रहन्छ रक्षा गर्ने उहाँको छाया दुःख र सुखको सङ्गिनी हुन् मेरी आमा म हुँ मेरी प्यारी आमाको अर्को तेस्रो आँखा ।
मेरो स्वास्थ्यको चिन्ता गर्ने मेरी प्यारी आमा अहिलेसम्म समालिराखिछिन् मेरो सानो र पुरानो नाना मेरो लागि दुनियाँसँग एक्लैएक्लै लड्छिन् धेरै माया दिएर मलाई मेरो सबै घाउ भर्छिन् ।
जति गाह्रो भएपनि म ठीक छु भन्ने मेरी आमा म जता पुगेपनि पाउँछु सधैं हजुरलाई मेरो दायाँ बाँया आमा नै हाम्रो भगवान् हुन् , उहाँ नै हाम्रो सम्पत्ति आमालाई रुवाएर कहिल्यै सुख रहन्नौ पछि बने नि करोडपति ।
सम्मान र माया छ तपाईको लागि मेरो मन भरी यही छ चाहना कि हजुर बाँचून अभैm हजार वर्ष बढी भगवान्सँग माग्छु सधैं हजुरको आनन्दीय ममता तपाईको आशीर्वाद पाएर म चाँडै नै पाउने छु मेरो सफलता ।
जीवन
Preshaly Thapa Magar
BBS 3rd Year (2016)
कति छोटो यो जीवन छिनभरमै बिति जाने छिनभरकै अन्तरालमै धेरै परिस्थिति निम्तो दिने ।
बगेको खोला सरी छ यो जीवन झर्केर फेरि आउने छैन दुःख सुखको पाटो हो यो जीवन सामना गरेर बाँच्नैपर्ने ।
जीवनको गोरेटोमा कति दुःख आरा कति त भोग्नै बाँकी छ शुरुको पालो कुर्दा कुर्दै जीवन सित्तै नै आटे छ ।
भो अब तुलना गर्दिन भो अब तुलना गर्दिन सुख र दुःखको खेललाई जन्म र मर्नुपर्ने यही जीवनको नियम रहेछ ।
मेरी प्यारी दिदी
Yeshila Maharjan
BBS 3rd Year (2016)
मैले गरेको काममा साथ दिने, मैले गरेको गल्तीलाई सम्हाल्ने, मैले बोलेको कुरामा ध्यान दिने, पाएकी छु मैले मेरो प्यारी दिदी ।
मेरा सबै कुरा याद गर्ने, मेरा सबै मर्का बुझीदिने, मेरो सबै इच्छा पु¥याइदिने, पाएकी छु मैले प्यारी दिदी ।
मैले नबुझेका कुरा बुझाउने, मैले माया नपाउँदा माया गर्ने, कसैको साथ नपाउँदा साथ दिन पाएकी छु मैले मेरी प्यारी दिदी ।।
मैलै सोचेको नयाँ नेपाल
Anu Thapa
Sc XII B (2016)
तराई, पहाड अनि हिमाद भौगोलिक विभिततापूर्ण वीर पूर्खाहरुको नासो यही हो पूर्खौली पहिचान हाम्रो स्वाभिमान सार्वभौमसत्ता सुन्दर नेपाल ।
अर्थहीन समावेशी नेपाल कुरीति र कुसरकारमा हुर्केको नेपाल तराईको नासो हराउँदा खै रोएको हिमाल के यही नै हो त ? मैले सोचेको नयाँ नेपाल ।
काठमाडौंमा बत्ती बल्दा हुँदैन उज्यालो कर्णालीमा बडा मान्छे जान्छन् विश्वविद्यालय खै त शिक्षाको ज्योति महाकालीमा ? अहँ ! होइन यो मेरो परिकल्पनाको नेपाल ।
अझ पुरुष प्रधानता दिने हाम्रो नेपाल राज्यको शोभा राजनीति कुरै छोडौ हुनछन् यहाँ रातारात व्यापार ऋमेरिका, स्वीट्जरल्याण्ड होइन सरकार चाहिन्छ रोजगारी र विकासपूर्ण नेपाल ।
आमा भगवान
Roshna Maharjan
Sc XII B (2016)
भगवानको रुप हो आमा ममताको खानी हो आमा सहनशीलताको मूर्ति हो आमा हरेक प्राणीको लागि प्यारो हुन्छ आमा ।
जो सन्तानले आमालाई हेला गर्छ त्यो सन्तानलाई कुसन्तान भनिन्छ हरेक सन्तानको घर त त्यहाँ हुन्छ जहाँ आमाको बास हुन्छ ।
संसारमा प्राप्त हुन सक्ने कुनै पनि ममता आमाको ममताको अगाडि शुन्य हुन्छ जब सन्तानलाई पीडा हुन्छ तब त्यो पीडाको आभाश आमालाई धेरै हुन्छ ।
अधुरो प्रेम
Dipesh Rai
Mgmt XI A (2016)
तिम्रो त्यो दुईटा आँखामा चस्मा आज छैन मेरो जीवन मेरो वशमा तिम्रो हरेक कुरा लाग्छ मलाई राम्रो हिजो खाको राँगाको मासु पुरै चाम्रो ।
तिम्रो त्यो दुईटा आँखामा चस्मा थिएँ म व्यस्त एउटा बसमा हराएको थिएँ म तिम्रो यादमा बिहान उठ्दा थिएँ म हस्पिटलको खाटमा ।
तिम्रो त्यो कालो लामो कपाल तिमीसँग हुने मेरो सपना छ पुरै ठूलो आकार सधैं देख्छु तिमीलाई अन्धकारमा उज्यालो पाउँछु मैले तिम्रो अनुहारमा ।
भन्थ्यो मेरो दाइको प्रेम नि अधुरो केटी पाउनु बोल्नुपर्छ पुरै मधुरो मधुरो बोलेर पनि पाउन सकिन तिमीलाई त्यसैले हार खाई गएँ मर्नलाई ।
बुबा
Pragya Khatri
Mgmt XI A (2016)
सबैभन्दा धेरै माया गर्ने मेरै बुबा तिमी मेरो सबैभन्दा प्यारो । तिमी गयौ टाढा छोडी हामीलाई सारा हाम्रै लागि भनि बगाउँछौ पसिनाको धारा । आउँछौ अब कहिले याद आउँछ जहिले बुबा तिमी मेरो सबैभन्दा प्यारो ।
हामी नेपाली
Sagar Sunuwar
Sc XI A (2016)
नेपाल आमाले गौरब गरेका सन्तान हामी नेपाली विश्वमा बहादुर गोर्खालीको रुपमा चिन्न सफल हामी नेपाली भेष–भुषा, भाषा र स्रस्कृतिको धनी हामी नेपाली जङ्गी निशानी र छुट्टै सान भएको हामी नेपाली ।
एकताको सुत्रमा बाँचिएको हामी नेपाली मेलमिलाप र चौडा दिल भएको हामी नेपाली हजारौं वर्षको इतिहास लेख्न सफल हामी नेपाली विश्वले सम्मान दिएको हामी नेपाली ।
दुःखमा दुःख बाँड्ने हामी नेपाली सुखमा सुख साट्ने हामी नेपाली सत्यलाई सत्य भन्न सक्ने हामी नेपाली झुटलाई सहनै नसक्ने हामी नेपाली ।
नेपाल आमाको काखमा रमाउन चाहने हामी नेपाली शान्त मन, विशाल विचार भएका हामी नेपाली जन्म थलोलाई स्वर्ग मान्ने हामी नेपाली नेपाल आमाको जय जय भन्ने हामी नेपाली, हामी नेपाली ।
जय नेपाल ।
कविता
Alisha Giri
Mgmt XI A (2016)
फूल फुल्छ कहाँ कहाँ बासना आउँछ यहाँ साथी तिमी कहाँ कहाँ सम्झना आउँछ यहाँ ।।
हेर हेर साथी कमिलाको तााँति साथी भाई मिलेको कति जाति ।
सिसि भरि सेन्ट छ खोल्न खोल्न सकिन ।
मुटु भरि माया छ बोल्न सकिन ।।
फूल राम्रो भन्दैमा टिपी नहाल्नु , साथीले केही भन्यो भने रिसाइ नहाल्नु ।।
फूल झरे पनि काडाँ रहिरहन्छ । साथी टाढा भएपनि माया रहिरहन्छ ।।
भात पकाउने राइस कुकर लुगा धुने बाटा यति भन्दै बिदा हुन्छु ओके बाई बाई टाटा ।।
मेरो देश नेपाल
Subarna Bhandari
Sc XI A (2016)
मेरो देशको नाम हो नेपाल जसभित्र छन् तराई पहाड र हिमाल
प्राकृतिक सुन्दरताले भरिएको मेरो देश जहाँ एकतामा मिलेर बसेका छन् जाती विशेष
हिमालको न्यानो काखमा बसेको छ मेरो देश गोर्खालीको पौरखताले बनेको मेरो देश
हरियो वनजङ्गल नै हो हाम्रो देशको धन सधैं स्वच्छ र सफा राख्नुपर्छ हाम्रो देश
हिमाललाई दुःख पर्दा पहाड तराइृले हेर्नुपर्छ एक अर्कालाई सहयोग नगर्दा नेपाली मन
नेपालीको अस्तित्व झुक्न हामीले दिनुहुँदैन आफ्नो देशको स्वतन्त्रतालाई कहिल्यै दिनुहुँदैन ।
नेपाल
Prajwal Chaudhary
Sc XI A (2016)
मेरो राम्रो देश नेपाललाई बिगार्ने थुप्रै छन् मोराहरु ।
आफै त बनाउन सकिएन केही उपाय देऊ गोराहरु ।।
सदैव नेपाल राम्रो भाको देख्न पाऊँ सबैजना मिलेर शान्तिको गीत गुनगुनाऊ ।
नेपालको विकासमा सबैले मिलाऊ है हात दुःखको यो घडीमा सबैलाई दिनुपर्छ साथ ।।
जस्तै भएपनि मलाई मेरो देश मनपर्छ देशको विकासको लागि म हैन मेरो मन अघि सर्छ ।
म मेरो नेपाललाई दिलमा सजाउँछु कुनै दिन म नेपाललाई आकाशमा पु¥याउँछु ।।
नेपाल
Suman Shrestha
Sc XI A (2016)
सुन्दरताले भरिएको नि लै लै.... हाम्रो देश साह्रै रमाइलो । नेपालमा घाम उदाउँदा नि लै लै नेपाली मन हुन्छ घमाइलो ।।
चारैतिर वनजङ्गलले ढाकिएको नि लै लै हाम्रो देश साँच्चै नै रमाइलो । सगरमाथाको काखमा रहेको हाम्रो नेपालले सबै पर्यटकको मन नै लोभ्यायो ।।
सबै जातजातिले भरिएको हाम्रो समाज सबै जातजातिको सुन्दर महल । सबैजना नेपालीको परिश्रमले झल्किएको हाम्रो देश साँच्चै नै रमाइलो ।।
सुन्दरताले भरिएको नि लै लै.... हाम्रो देश साह्रै रमाइलो । चौतारीको वरपीपलले गर्दा हाम्रो नेपाली समाज अति नै रमाइलो ।।
प्रिय
Mukesh Kumar Shah
Sc XII B (2016)
प्रिय तिम्रो सुन्दरताले प्रभावित भएको छु म धेरै डर लाग्छ पछि तिमी अरुको हुनेछौ कि मेरै तिम्रो हँसिलो अनुहारले मेरो दिन नै राम्रो बनाउँछ तिम्रो उपस्थितिले मलाई हौसला दिन्छ ।
भगवानसँग प्रार्थना गर्छु तिमी मेरो हुनु भनि डर लाग्छ तिमी मेरो हुन्छौ कि हुँदैनौ पनि मन पराउँछु म तिमीलाई चाखो मनले घृणा नगर्नु मलाई भनि मन पराएको रहेछौ मेरो धनले ।
साथी बनेर आयौ मेरो जीवनमा सधैंभरिको लागि बस्न चाहन्छु तिम्रो मनमा ।
राष्ट्रियता
Bipul Khanal
Sc XII B (2016)
इतिहासको कालखण्डमा कहिले नझुक्ने नेपाली आऊ सबै जुटौ देश बिकास गर्न कोही नटुटी
परस्परमा हात्तेमालो गर्दै हिड्नु छ सद्भाव र एकताको भावना प्रकट गर्दै ब्ुद्धले जस्तो विश्वलाई शान्तिको सन्देश पु¥याउनु छ ।
देशको एक चिम्टी माटो पनि संरक्षण गर्नु छ युवा जनशक्ति सबै परिचालित हुनु छ आगोको मुस्लो जस्तो एकिकृत हुनु छ देशलाई विश्वको सामु समृद्ध तुल्याउनु छ ।
सोच
Dipti Tamang
Mgmt XI A (2016)
छाटो लुगा लगाउँछन् उनि व्यवहार उनको नराम्रो छैन । आत्मा हेर्ने गर उसको उसले लगाएको लुगा होइन ।
होलान् उसका धेरै साथीहरु उनको साथीहरुसँग पनि रम्न देऊ । बिन्ती छ नराम्रो नभन उसलाई मात्र उसको जिन्दगी जिउन देऊ ।
आफ्नो बिचार राम्रै लाग्छ तर अरुको बिचारलाई सम्मान गर । सबै सोच रामैो मात्र आउँछन् भन्ने छैन त्यसैले नराम्रो सोच परिवर्तन गर ।
---------------------------------------------------------------------------------------------------------
Poems in English
Colourful Nature
Ashmita Gurung
BBS 1st Year (2016)
I wandered lonely as the sun set,
covering all mountains and hills with its reddish and yellowish blanket.
I looked at the sky and gradually it was turning reddish orange in colour.
Reflecting its light in the snow capped mountains in perfect hour.
I was mesmerized by the beauty of the setting sun.
Signaling us that one more lovely and glorious day in gone.
I can feel the cool breeze in my hair,
wish I could enjoy this day all round the year.
Beauty of my Village
Neelam Rai
Sc XI A (2016)
My heart starts experiencing the beauty of my village
Oh! Those waterfalls, high mountains, forest and lakes.
It is differ and nice than this city
Clean, green and really reach in its beauty
Feeling of proudness starts as I hear
The name of my village.
I think first ray of sunlight touches our village
As highest peak in the world Mt. Everest lies here
Not only with these but the honesty, friendly environment
Of people reminds me lifestyle of people there.
As, I am far from village, but here in city
With my education I am gaining learning my duty
I'll do my best to learn better and do better
For bringing positive changes in my village later.
Clever Love
Sabina Limbu
BBS 3rd Year (2016)
Oh my mighty love, you're so clever,
Stole my heart, thought this time would come ever.
Breathless talk and countless glance,
I can feel it in your eyes, the love and romance.
You don't have to say you love me,
Just be closer by my side.
Was normal on those past days,
But now I feel empty one every lonesome right.
Nearest to magic that what love is,
Or so what I heard from wise men.
You're the best thing that ever happened to me,
And I'll be your woman…
Contemporary Politics
Preeti Dangol
BBS 3rd Year (2016)
Politics, either a supreme power to govern or to earn
Either to influence other or defense own
Gain the power and reach to the top
Suppress other lagging behind their hope.
Instability is in its blood, welfare is in floor
Sole decision is its culture, political trust given
To vulture
Self-centered election is its philosophy
Ministers are the top authority.
No one are accountable here, everyone are dysfunctional there
I wonder if only I had had one party
I too will be success capable enough
To raise my property…
Cool Weather
Utsav Rai
Sc XI A (2016)